भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित १ जना पक्राउ — OSNepal

भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित १ जना पक्राउ

LC (KTM) January 17, 2022 0

बारा ३ माघ ।भन्सार छलि ल्याएको ११ केजी ५ सय ग्राम चाँदीका विभिन्न गहना सहित पू्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी ढाका बस्ने २३ वर्षीय सुनिल गुप्ता रहेका छन् । निजलाई प्रहरीले जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकबाट लुकाई छिपाई भन्सार छलि ल्याएको अवस्थामा आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना.३३ प ८५२६ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलको तेलको ट्याङकीभित्र फल्स बटन बनाई भन्सार छली ल्याएको करिब १२ लाख ४२ हजार ९ सय ७३ रुपैयाँ मूल्य बराबरको चाँदीको तयारी पाउजु, बाला, चाबि रिङ, बुट्टी तथा कल्ली समेतका गहनाहरू फेला पारी चालक गुप्तालाई पक्राउ गरेको हो ।

उनलाई बरामद चाँदीका गहना सहित आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर