काभ्रेपलाञ्चोकमा कोरोनाबाट होम आइसोलेशनमै दुई संक्रमितले ज्या न गुमाए — OSNepal

काभ्रेपलाञ्चोकमा कोरोनाबाट होम आइसोलेशनमै दुई संक्रमितले ज्या न गुमाए

LC (KTM) May 10, 2021 0

काभ्रेपलाञ्चोक, २७ वैशाख- कोरोना सङ्क्रमणबाट यहाँ आज मृ त्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृ त्यु भएको छ । होम आइसोलेशनमै मृ त्यु भएका दुवै पुरुष एकै वडाका छन्् । अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृ त्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेनमा मृ त्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृ त्यु भएको यो पहिलो घटना हो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर