अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु, पहिलो पटक एकै दिन यति ठूलो संख्यामा मृत्यु — OSNepal

अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु, पहिलो पटक एकै दिन यति ठूलो संख्यामा मृत्यु

LC (KTM) January 18, 2022 0

सिड्नी, ४ माघ-अस्ट्रेलियामा कोभिडबाट एकै दिन ७६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये अधिकांश न्यु साउद वेल्स, भिक्टोरिया र क्विन्सल्यान्डका छन् । अस्टे«लियामा कोभिडबाट एकै दिन यति ठूलो संख्यामा मृत्यु भएको यो पहिलो पटक हो ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा भिक्टोरियामा कोभिडबाट एकै दिन ५९ जनाको मृत्यु भएको थियो ।पछिल्लो एक सातामा अस्ट्रेलियामा कोभिडबाट मृत्यु हुनेको संख्या ३५९ पुगेको छ ।

यो अस्ट्रेलियामा कोभिड फैलिएपछि कूल मृत्यु हुनेको १३ प्रतिशत हो । न्यु साउद वेल्समा मंगलबार एकै दिन २९ हजार ८३० जनामा संक्रमण देखिएको छ । अस्ट्रेलियाका अधिकांश अस्पताल कोभिड बिरामीले भरिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर