भारतमा रोकिएन कोरोना संक्रमण,एकैदिन २ लाख ५८ हजार संक्रमित थपिए, ३८५ जनाको मृत्यु — OSNepal

भारतमा रोकिएन कोरोना संक्रमण,एकैदिन २ लाख ५८ हजार संक्रमित थपिए, ३८५ जनाको मृत्यु

LC (KTM) January 18, 2022 0

नयाँ दिल्ली, ४ माघ भारतमा कोभिड १९ का कारण पछिल्लो २४ घन्टामा ३८५ जनाको मृत्यु भएको छ । ओमिक्रोन भेरियन्ट फैलिएसँगै भारतमा कोभिड महामारी दिनहुँ बढिरहेको छ ।

त्यस्तै, पछिल्लो २४ घन्टामा २ लाख ५८ हजारमा संक्रमण देखिएको छ । पछिल्लो समय कोभिबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन् । मुम्बईमा एकै दिन ३५ सुरक्षाकर्मीमा कोभिड देखिएको छ ।

कोभिडबाट विभिन्न राज्य प्रभावित छन् । महाराष्ट्र, केरला र नयाँ दिल्लीमा संक्रमण दर तीव्र फैलिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर