मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार — OSNepal

मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार

LC (KTM) January 18, 2022 0

काठमाडौं ४ माघ । मधेस प्रदशेका मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा प्रहार भएको छ ।

विरगञ्जका स्थानीय युवाहरुले मुख्यमन्त्री राउतले षडयन्त्र गरेर जनकपुरलाई प्रदेशको राजधानी बनाएको भन्दै सोमबार बाट ने नारा जुलुस तथा राउतको पुत्ला दहन गरेका थिए ।

आज मंगलबार पनि एक समुहले वीरगञ्जमा रहेको राउतको घरमा ढुंगा प्रहार गरेका हुन् । ढुंगा प्रहारबाट राउतको घरको सिसा फुटेको छ ।

सोमबार लामो समय पछि प्रदशे २ ले आफ्नो स्थायी नाम मधेस र राजधानी जनकपुर पाएको थियो ।

वीरगञ्ज वासीले वीरगञ्जलाई बेचेर जनकपुर राजधानी राखेको भन्दै सोमबार बाट नै आन्दोलन गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर