२४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि — OSNepal

२४ घण्टामा प्रदेश नं १ मा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि

LC (KTM) January 18, 2022 0

विराटनगर, ४ माघ -प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार एक हजार ५५७ को पीसीआर परीक्षण गर्दा ९२१ र ५०७ को एन्टीजेन परीक्षण गर्दा १५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ४४८, सुनसरीमा २८६, झापामा १२६, इलाम र धनकुटामा पाँच÷पाँच, भोजपुर र उदयपुरमा चार÷चार, सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई, ओखलढुङ्गा, तेह्रथुम र सोलुखुम्बुमा एक÷एक तथा प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यसैगरी कूल सङ्क्रमितमध्ये मोरङको विराटनगरमा ३८६, बूढीगङ्गामा २२, बेलबारीमा नौ, सुन्दरहरैचामा आठ, रङ्गेली र केराबारीमा पाँच÷पाँच, उर्लाबारी, कटहरी र ग्रामथानमा दुई÷दुई, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र धनपालथानमा एक÷एक र स्थानीय तह नखुलेका तीन, सुनसरीको धरानमा १८७, इटहरीमा ७२, दुहवीमा नौ, इनरुवामा सात, रामधुनीमा तीन, देवानगञ्ज, कोशी गाउँपालिका र बराहक्षेत्रमा दुई÷दुई , बर्जु र भोक्राहानरसिंहमा एक÷एक जना रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै झापाको विर्तामोडमा ४१, भद्रपुरमा २०, दमकमा १७, अर्जुनधारामा १३, कनकाईमा ११, मेचीनगरमा नौ, कमल गाउँपालिकामा पाँच, बाह्रदशी र बुद्धशान्तिमा तीन÷तीन, हल्दिबारीमा दुई, कचनकवल र गौरादहमा एक÷एक, इलामको चुलाचुलीमा दुई, सूर्योदय, माङ्सेबुङ र इलाम नगरपालिकामा एक÷एक, धनकुटाको धनकुटा नगरपालिकामा चार र स्थानीय तह नखुलेका एकजनामा सङ्क्रमण पुष्टि भएको छ । यसैगरी भोजपुरको भोजपुर नगरपालिकामा तीन र ट्याम्केमैयुङमा एक, उदयपुरको त्रियुगामा चार, सङ्खुवासभाको सभापोखरीमा दुई र स्थानीय तह नखुलेका एक, ताप्लेजुङमा दुई, ओखलढुङ्गाको लिखु गाउँपालिका, तेह्रथुमको लालीगुराँस र सोलुखुम्बुको नेचासल्यानमा एक÷एक र प्रदेश बाहिरका ३५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा यो प्रदेशमा १८ महिलासहित ३२ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा सङ्क्रमितको सङ्ख्या तीन हजार ६७ रहेको मन्त्रालयले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर