भारतमा तिब्र गतिमा फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख ८२ हजार भन्दा बढि संक्रमित फेला, ४४१ जनाको मृत्यु — OSNepal

भारतमा तिब्र गतिमा फैलियो कोरोना संक्रमण, एकैदिन २ लाख ८२ हजार भन्दा बढि संक्रमित फेला, ४४१ जनाको मृत्यु

LC (KTM) January 19, 2022 0

नयाँ दिल्ली, ५ माघ-भारतमा पछिल्लो २४ घन्टामा २ लाख ८२ हजारमा कोभिड संक्रमण देखिएको छ । यो संख्या अघिल्लो दिनको तुलनामा १८ प्रतिशतले बढी हो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै संक्रमितको संख्या पनि दिनहुँ बढिरहेको छ । अहिलेसम्म आठ हजार ९६१ मा कोभिडको नयाँ भेरियन्ट देखिएको छ ।

पछिल्लो २४ घन्टामा कोभिडका कारण ४४१ जनाको मृत्यु भएको छ । पछिल्लो समय कोभिडबाट स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकारलगायत अग्रमोर्चामा खटिएका व्यक्ति प्रभावित हुन थालेका छन्। कोभिड बढेसँगै सरकारले खोप अभियानलाई तीव्र पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर