कोरोना बढ्दै गएपछि बेल्टारको कोरोना अस्पताल पुनः सञ्चालनमा — OSNepal

कोरोना बढ्दै गएपछि बेल्टारको कोरोना अस्पताल पुनः सञ्चालनमा

LC (KTM) January 19, 2022 0

उदयपुर, ५ माघ-चौदण्डीगढी नगरपालिका–७ सातधारेमा गत वर्ष स्थापना भएको कोभिड अस्पताल पुनः सञ्चालनमा आएको छ । उक्त अस्पताल दुई महिनादेखि बन्द थियो । कोभिड–१९ का बिरामी नभएपछि गत मङ्सिर १७ गतेदेखि सातधारे अस्पताल बन्द भएको थियो । हाल कोभिडबाट सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै जान थालेपछि उक्त अस्पताललाई पुनः सञ्चालनमा ल्याइएको चौदण्डीगढी नगरपालिकाका प्रमुख खगेन्द्र राईले बताउनुभयो ।

हाल उक्त कोभिड अस्पतालमा सात सङ्क्रमितलाई राखेर उपचार भइरहेको कोभिड अस्पताल बेल्टारका प्रमुख तेजबहादुर पोखरेलले बताउनुभयो । माघ २ गतेदेखि उक्त कोभिड अस्पताल पुनः सञ्चालन गरिएको र कोभिड सङ्क्रमित बिरामी उपचारका लागि आउने क्रम दैनिक वृृद्धि हुँदै गएको पोखेरलले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर