मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेहरुलाई १०० रुपैंया जरिवाना — OSNepal

मास्क नलगाई सार्वजनिक स्थलमा हिँडडुल गर्नेहरुलाई १०० रुपैंया जरिवाना

LC (KTM) January 19, 2022 0

काठमाडौं ५ माघ । जिल्ला प्रशासन कार्यालयले काठमाडौंमा मास्क नलगाई सार्वजनिक स्थलमा हिड्नेहरुलाई १०० रुपैंया जरिवाना तिराएको छ ।

कार्यालयको टोलीले आज बुधबार सुन्धारा र कलंकी क्षेत्रमा मास्क नलगाई सार्वजनिक स्थानमा हिँडडुल गर्नेहरुलाई १०० रुपैंया जरिवाना तिराएको हो ।

उक्त टोलीले आज सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको अनुगमन गरेको छ ।

साथै टोलीले २५ जना भन्दा बढी भेला नगर्न समेत निर्देशन दिएको छ । संक्रमण बढेपछि प्रशासनले अनुगमन गर्न टोली खटाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर