आन्तरिक उडानमा कडाइ,खोप लगाएको काड वा फोटो अनिवार्य बोक्नुपर्ने व्यवस्था — OSNepal

आन्तरिक उडानमा कडाइ,खोप लगाएको काड वा फोटो अनिवार्य बोक्नुपर्ने व्यवस्था

LC (KTM) January 19, 2022 0

काठमाडौँ, ५ माघ- पछिल्ला दिनमा कोरोना सङ्क्रमण दर अत्यधिक बढेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले आन्तरिक हवाई उडानमा कडाइ गरेको छ । सङ्घले आज सूचना जारी गर्दै हवाईजहाजभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, प्रत्येक उडानपछि हवाईजहाज र व्यागेज निसङ्क्रमित गनुपर्ने, चेक इन बोडिङ क्लेम गर्ने स्थान तथा प्रतीक्षालयमा भीडभाड नगर्ने, अनिवार्य रूपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने र हवाईयात्रुले विमानस्थल प्रवेश गर्दा कोभिड–१९ विरुद्धको खोप लगाएको काड वा फोटो बोक्नुपर्नेजस्ता व्यवस्था गरेको छ । सङ्घको आज बसेको कार्यसमिति बैठकले कोरोना नियन्त्रणका लागि उक्त निर्णय गर्दै सूचना सार्वजनिक गरेको हो ।

प्रधानमन्त्री देउवाको निर्देशनपछि घट्यो पीसीआरको शुल्क-प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको शुल्क बढी भएको भन्दै घटाउन निर्देशन दिनुभएको थियो ।

सोही निर्देशनअनुसार आज स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षणको शुल्क घटाएको जनाएको छ । अब सरकारी अस्पतालमा भर्ना भएको बिरामीको निःशुल्क पीसीआर परीक्षण हुने र परीक्षण मात्रै गर्नेलाई रु ८०० भन्दाबढी लिन नपाउने निर्णय भएको छ । यसअघि सरकारी अस्पतालमा पीसीआर परीक्षणको एक हजार रुपैयाँ शुल्क लाग्दै आएको थियो ।त्यसैगरी निजी अस्पताल तथा ल्यावले एक हजार ५०० भन्दाबढी शुल्क लिन नपाउने निर्णय पनि स्वास्थ्य मन्त्रालयले गरेको छ । यसअघि निजीतर्फ पीसीआर परीक्षणको शुल्क रु दुई हजार रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर