आइएमई र शिखर इन्स्योरेन्सको मूल्य आकाशिनुको कारण यस्तो ! — OSNepal

आइएमई र शिखर इन्स्योरेन्सको मूल्य आकाशिनुको कारण यस्तो !

LC (KTM) January 20, 2022 0

काठमाडौँ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ३३ अंकले उकालो लागेको छ । मंगलबार १० अंक र बुधबार ४३ अंकले घटेको नेप्से बिहिबार भने ३३.०३ अंक बढेर २९३१.३४ विन्दुमा पुगेको छ।

कारोबारमा आएका २२९ कम्पनीमध्ये १७९ कम्पनीको शेयरमूल्य बढेसँगै नेप्सेले यस दिन सो बराबरको अंक कमाएका बेला बिहिबार आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको कारोबार उच्च भएको छ ।

जनरल इन्स्योरेन्सले चुक्तापुँजीको १०ः४ अनुपातमा कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्नेछ। त्यस्तै शिखर इन्स्योरेन्सले १०ः३ अनुपातमा कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गर्नेछ। सेबोनभित्रैबाट शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रद दिने सूचना चुहावट भएपछि दुवै कम्पनीको सेयरमूल्य आकाशिएको छ ।

आज सेन्सेटिभ इण्डेक्स ४.०९ अंक, फ्लोट इण्डेक्स २।३२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक बढेको छ। यस दिन २२९ कम्पनीको ७५ हजार ५८२ पटकको कारोबारमा ५ अर्ब ७७ करोड ३१ लाख २० हजार रुपैयाँ बराबरको १ करोड ५९ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनी, तेह्रथुम पावर कम्पनी र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लभेलमा कारोबार भएको हो।

त्यसैगरी, यस दिन न्यादी हाइड्रोपावरको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ भने गुराँस लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ८ प्रतिशत बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर