आफ्ना ‘यार’लाई पोस्न सरकारले जस्केलाबाट बजेट ल्यायो :गगन थापा — OSNepal

आफ्ना ‘यार’लाई पोस्न सरकारले जस्केलाबाट बजेट ल्यायो :गगन थापा

LC (KTM) June 02, 2021 0

काठमाडौँ १९ जेठ । नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री गगन थापाले संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको बताएका छन् ।

जस्केलाबाट ल्याएको बजेटबाट वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ भन्ने कुरा स्पष्ट भएको ट्वीटर मार्फत बताएका छन् । चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्यत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक–पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने नेता थापाको दावी रहेको छ ।

नेता थापाले लेखेका छन्, ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुंगा, गिट्टी, बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ । वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशील छ प्रस्ट भएको छ । यो ‘नीतिगत भ्रष्टाचार हो’ । आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुनः छर्लङ्ग भएको छ ।

चुरे क्षेत्र तहसनहस पारेर तराईलाई मरभूमीकरण गर्न उद्यत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक–पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्ने छौं । अदालतको आदेश, संसदीय समितिका पटक–पटकका निर्देशन र नागरिक खवरदारीलाई अन्देखा गर्दै सरकारले जस्केलाबाट ल्याएको यो जनविरोधी कार्यक्रमलाई हामी जनप्रतिनिधिले त प्रतिरोध गर्छौं नै । आमजनता, सञ्चार जगत, सचेत नागरिक समाज सबैलाई यसको प्रतिरोध गर्न आह्वान गर्दछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर