आज पनि नेपालमा कोरोना संक्रमण दर पत्याउनै नसकिने गरी बढ्यो — OSNepal

आज पनि नेपालमा कोरोना संक्रमण दर पत्याउनै नसकिने गरी बढ्यो

LC (KTM) January 21, 2022 0

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३ हजार ९२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार ७०३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१८ हजार ६१८ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ८ हजार ८१५ जना र ४ हजार ४७४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १० लाख ०६ हजार ५९१ पुगेको छ । त्यस्तै सोही अबधीमा ७६६ जनाले कोरोनालाई जितेका छन् भने ३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ भने संक्रमणमुक्त हुनेहरुको संख्या ८ लाख १९ हजार ५७५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर