आइतबार देशभरका अदालत बन्द, कारण यस्तो — OSNepal

आइतबार देशभरका अदालत बन्द, कारण यस्तो

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । भोली आइतबार देशभरका न्यायालयहरु बन्द हुने भएको छ । पूर्वप्रधानन्यायाधीश मोहनप्रसाद शर्माको गत बुधबार निधन भएको शोकमा भोली सबै न्यायालयहरु बन्द हुने भएका हुन् ।

उनको परिवार देश बाहिर भएकाले शर्माको अन्त्येष्टि भने शनिबार मात्र गरिएको हो ।

शनिबार नै सर्वोच्च अदालतको आकस्मिक पूर्णबैठकले शोक प्रस्ताव पारित गरी आइतबार भोली देशभरका न्यायालय बन्द गर्ने निणर्य गरेको हो ।

उनको निधनबाट सच्चा राष्ट्रप्रेमी र न्यायिक व्यक्तित्वलाई गुमाएको सर्वोच्च अदालतले जनाएको छ । शर्मा २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० गतेसम्म प्रधानन्यायाधीश थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर