माओवादी नेता पुन सोमबार बेलुका स्वदेश फर्किदै — OSNepal

माओवादी नेता पुन सोमबार बेलुका स्वदेश फर्किदै

LC (KTM) January 22, 2022 0

काठमाडौं ८ माघ । लामो सयम देखि विदेशमा उपचार गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आगामी माघ १० गते सोमबार स्वदेश फर्कने भएका छन्।

उनका स्वकीय सचिव सन्तोष पुनले दिएको जानकारी अनुसार नेता पुन सोमबार बेलुका ८ बजे स्वदेश फर्किने भएका हुन् ।

विरलै देखा पर्ने जण्डिस रोगबाट ग्रसित नेता पुन चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनमा हउपचार गर्दै आएका थिए । अहिलेको स्वास्थ्य अवस्थामा सामान्य भएको पनि बताइएको छ ।

गत असोजमा उपचारका लागि थाइल्यान्ड गएका उनी थप उपचारका लागि उतैबाट चीन गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर