नेपालमा भुषको आगो झै सल्कियो कोरोना संक्रमण, काभ्रेमा होम आइसोलेशनमै दुई कोरोना संक्रमित पुरुषले ज्यान गुमाए, स्थिति भयाभह बन्दै — OSNepal

नेपालमा भुषको आगो झै सल्कियो कोरोना संक्रमण, काभ्रेमा होम आइसोलेशनमै दुई कोरोना संक्रमित पुरुषले ज्यान गुमाए, स्थिति भयाभह बन्दै

LC (KTM) May 10, 2021 0

काठमाडौ । कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुईको होम आइसोलेशनमै मृत्यु भएको छ । होम आइसोलेशनमै मृत्यु भएका दुवै पुरुष एकै वडाका छन्् ।

अन्य तीनको बनेपास्थित शिर मेमोरियल र धुलिखेल अस्पतालमा मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र ९डीसीसीएमसी०ले जनाएको छ । केन्द्रका अनुसार होम आइसोलेनमा मृत्यु हुनेमा धुलिखेल नगरपालिका–११ पातलेखेतका २७ र ५८ वर्षका दुई पुरुष रहेका छन् ।

शनिबार ५८ वर्षीय पुरुषलाई र अर्का २७ वर्षीयलाई शुक्रबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता होम आइसोलेशनमा मृत्यु भएको यो पहिलो घटना हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर