नेपाल प्रहरीका १३ जना प्रहरी सम्पर्कविहिन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन — OSNepal

नेपाल प्रहरीका १३ जना प्रहरी सम्पर्कविहिन, सात दिनभित्र सम्पर्कमा आउन निर्देशन

LC (KTM) January 24, 2022 0

काठमाडौं १० माघ । नेपाल प्रहरीका १३ जना प्रहरी सम्पर्कविहिन भएका छन् । जसमा गैरहाजिर रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवान रहेका छन् ।

प्रहरी प्रधान कार्यालय नक्शालले आज सोमबार एक सुचना जारी गर्दै सात दिन भित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी भएका प्रहरी हबल्दारहरुमा सिन्धुपाल्चोकको ठोकर्पा प्रहरी चौकीका मंगल सिंह कुँवर र दीपेन्द्र सिंह रहेका छन् ।

त्यसैगरी, प्रहरी जवानहरुमा मार्सल जुलम एस.पी., दिल दीक्षित राज के.सी.,नागेन्द्रप्रसाद यादव, मनोज चौधरी, अमृतलाल खत्री, सुरेश कुमार द्वाल,विक्रम महर, आशबहादुर गुरुङ, सुनिल चौधरी, शान्तिराम राई र आषिश शेर्पा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर