अध्यक्ष प्रचण्डमा राष्ट्रिय सहमति जुटाउन सक्ने सम्भावना भएकोले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव राखेका हौं : गुरुङ — OSNepal

अध्यक्ष प्रचण्डमा राष्ट्रिय सहमति जुटाउन सक्ने सम्भावना भएकोले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव राखेका हौं : गुरुङ

LC (KTM) January 25, 2022 0

काठमाडौं ११ माघ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता देव प्रसाद गुरुङले वैज्ञानिक हिसाबले तीनै तहको निर्वाचन एकै चरणमा गर्न उपयुक्त हुने बताएका छन् । नेता गुरुङले एक कार्यक्रममा यस्तो बताएका हुन् ।

संविधान र स्थानीय तह निर्वाचन ऐनमा केही विरोधाभाष देखिएकोले त्यसको संशोधन गर्ने बताएका उनले तिनै चरणको निर्वाचन एकै पटक गर्ने तयारी समेत सुरु गरिन लागेको खुलासा गरेका छन् ।

पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले राष्ट्रिय सहमति जुट्ने सम्भावना भएकोले तीनै तहको निर्वाचन एकै चरणमा गर्ने प्रस्ताव राखेको उनले बताएका छन् । जनताको सामु जाने निर्वाचन विधिसम्मत हुनुपर्ने उनको तर्क रहेको छ ।

संविधान सम्मत जाने विषय कदापी लोकतन्त्र विरोधी नहुने उनको जिकिर रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर