होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ — OSNepal

होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा तीन पक्राउ

LC (KTM) January 25, 2022 0

मङ्गलबारे, ११ माघ -होडिङबोर्डका फ्रेम तोडफोड गरेको आरोपमा प्रहरीले आज इलामबाट तीनजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपालिका–७ कन्याममा राखिएका होडिङबोर्डमा प्रयोग गरिने फ्रेम तोडफोड गरेको भन्दै तीनजनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–६ का २२ वर्षीय नरेश तामाङ र २२ वर्षीय अभिषेक तामाङ रहेका छन् । त्यस्तै माई नगरपालिका–१ का २२ वर्षीय रमेश बराइली रहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।

गएराति ती फ्रेम तोडफोड गरेको सिसी टिभी क्यामेरामार्फत थाहा पाएर सोही भिडियोका आधारमा उनीहरुलाई पक्राउ गरिएको बताइएको छ । पक्राउ परेका व्यक्तिका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । कन्याम प्रदेश नं १ को पर्यटकीय नगरीका रूपमा परिचित छ । सोही ठाउँमा प्रयोग भएका र प्रयोग गर्न राखिएका विभिन्न होडिङबोर्डका फ्रेम तोडफोड गरेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर