हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर — OSNepal

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

LC (KTM) January 26, 2022 0

काठमाडौं, १२ माघ-नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ३५पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७५ पैसा र बिक्री दर १३५ रुपैयाँ ४२ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ८५ पैसा र बिक्री दर १६१ रुपैयाँ ६६ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ८० पैसा र बिक्री दर १३० रुपैयाँ ४५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३२ पैसा र बिक्री दर ८५ रुपैयाँ ७५ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ४९ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ९७ पैसा छ ।जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४६ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८६ पैसा र बिक्री दर १८ रुपैयाँ ९५ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ७८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६३ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९७ पैसा र बिक्री दर १० रुपैयाँ ०२ पैसा कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर