राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा ६ जना मतदाताले मतदान गरेन् — OSNepal

राष्ट्रिय सभा निर्वाचन : मधेश प्रदेशमा ६ जना मतदाताले मतदान गरेन्

LC (KTM) January 26, 2022 0

काठमाडौं १२ माघ । राष्ट्रिय सभा निर्वाचनमा मधेश प्रदेशमा ६ जना मतदाताले मतदान नगरेको निर्वाचन आयोगले जनाएको छ । प्रदेशमा कुल कुल ३ सय ७२ मतदातामध्ये ३ सय ६६ जनाले मतदान गरेको आयोगले जनाएको छ ।

मतदान नगर्नेमा दुई जना प्रदेश सांसद, दुई जना मेयर र २ जना उप मेयर रहेको निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिएका छन् ।

अब केहि बेरमा नै मतगणनाको प्रक्रिया सुरु गरिने उनले बताएका छन् ।
मधेस प्रदशेमा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल महिला समूहमा र जनता समाजवादी पार्टी (जसपा) बाट मोहम्द खलिद सिद्दिकीले अन्य समूहमा उम्मेदवारी दिएका छन् ।

यसैगरी , नेकपा एमालेबाट अन्य समूहमा उस्मान अन्सारी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट महिला समूहमा रुपा कुमारी यादवले उम्मेदवारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर