टप सेभेनमा पुगेका दिवेश पोखरेलले आमालाई समर्पण गर्दै अमेरिकन आइडलमा गाए यस्तो गीत, तीनै निर्णायकले गरे प्रशंसा — OSNepal

टप सेभेनमा पुगेका दिवेश पोखरेलले आमालाई समर्पण गर्दै अमेरिकन आइडलमा गाए यस्तो गीत, तीनै निर्णायकले गरे प्रशंसा

LC (KTM) May 10, 2021 0

काठमाडौं- नेपाली मुलका अमेरिकी गायक दिवेश पोखरेल ‘अर्थर गन’ले अर्को धमाकेदार प्रस्तुती दिएका छन्। अमेरिकन आइडलको टप सेभेनमा पुगेका गनले आइडलमा आफ्नो आमालाई समर्पण गर्दै ‘सिम्पल म्यान’ बोलको गीत गाएका हुन् ।

उनले गीत गाएपछि तीनै निर्णायकले मुक्तकण्ठले प्रशंसा गरेका थिए । यसपटक आइडलकै आग्रहमा दिवेश फेरि यस गायन प्रतिस्पर्धामा सहभागी भएका हुन्। उनी घि गतवर्षको १८ औं सिजनमा दिवेश अमेरिकन आइडलको उपविजेता नै बनेका थिए।

कोरोना भाइरसका कारण केही प्रतिस्पर्धीले ठूलो स्टेजमा कार्यक्रम गर्ने पर्याप्त मौका नपाएको भन्दै गतवर्षका १० प्रतिस्पर्धीलाई अमेरिकन आइडलले दोस्रो मौका दिएपछि गन पुनं आइडलमा गएका हुन् । उनले आफूलाई अघिल्लो चरणमा पुर्याउन भोट पनि मागेका छन्। उनी यो प्रतिस्पर्धामा खरो उत्रँदै फेरि टप ७ मा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर