प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता : चित्रबहादुर केसी — OSNepal

प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता : चित्रबहादुर केसी

LC (KTM) January 27, 2022 0

काठमाडौं १३ माघ । राष्ट्रिय जनमोर्चाा अध्यक्ष चित्रबहादुर केसीले पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तर राख्नुपर्ने बताएका छन् ।

बुधबार एक विज्ञप्ती निकाली अध्यक्ष केसीले प्रतिगमनविरुद्ध कायम पाँच दलीय गठबन्धनलाई आगामी दिनमा पनि निरन्तरता दिनु आजको आवश्यकता रहेको प्रष्ट पारेका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनको संयुक्त प्रयासबाट एमालेका उम्मेदवार पराजित हुनुले प्रतिगमनलाई परास्त गर्न र गणतन्त्रको रक्षाको संघर्षमा सहयोग पुगेको जारी विज्ञप्तीमा केसीले बताएका छन् ।

साथै विज्ञप्ती मार्फत केसीले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई गणतन्त्र विरोधी शक्तिहरुले समर्थन गरेको समेत आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर