एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति, बाच्छी र बाख्रो मरे — OSNepal

एघार हजार भोल्टको विद्युत् सट हुँदा घर र गोठमा क्षति, बाच्छी र बाख्रो मरे

LC (KTM) January 27, 2022 0

चितवन- पूर्वी चितवनको रत्ननगरमा ११ हजार भोल्टको विद्युत् तार सट हुँदा घर र गोठमा क्षति पुगेको छ । रत्ननगर नगरपालिका–१६ शिवालय टोलका डिल्ली भुजेलको घर र गोठमा क्षति पुगेको हो ।इलाका प्रहरी कार्यालय टाँडीका अनुसार विद्युत् सट हुँदा भुजेलको गोठमा रहेको एउटा गाईको बाच्छी र बाख्रो मरेका छन् । दुईवटा बाख्रा र एउटा बच्छी घाइते भएको कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी निरीक्षक प्रकाश शाहका अनुसार भुजेल सामान्य घाइते हुनुभएको र उहाँलाई उपचारका लागि अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र टाँडीका प्रमुख नवीन लाभका अनुसार विद्युत् तारलाई पोलबीचमा छुट्याउने पिन इन्सुलेटरबाट तार चुँडियर भुइँमा झर्दा विद्युत् सट भएको हो । ओसिलो भुइँमा विद्युतीय तारले छुँदा गोठमा करेन्ट लागेको उहाँले जानकारी दिनुभयो । उक्त घरगोठ नजिकैबाट हाइटेन्सन लाइन लगिएको छ । घटनापछि अहिले मर्मतको काम सुरु भएको लाभले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर