हलिउड अभिनेत्री इभान रेचेल वुड भन्छिन्– मलाई हर्ट शेप्ड ग्लासेस शूट गर्दा क्यामेराकै अगाडी बलात्कार गरिएको थियो । म आफैलाई रोक्न सक्ने अवस्थामा थिईन् — OSNepal

हलिउड अभिनेत्री इभान रेचेल वुड भन्छिन्– मलाई हर्ट शेप्ड ग्लासेस शूट गर्दा क्यामेराकै अगाडी बलात्कार गरिएको थियो । म आफैलाई रोक्न सक्ने अवस्थामा थिईन्

LC (KTM) January 27, 2022 0

आइतवार सनडान्स फिल्म फेस्टिभलमा एचबीओ डकुमेन्ट्री फिनिक्स राइजिङू को प्रिमियरको क्रममा अभिनेत्री इभान राचेल वुडले १५ वर्ष अघिको उनको त्रासदीको बारेमा बताएपछि सबै चकित परेका छन् । ३४ वर्षीय वुडले क्यामेरा घुमिरहेको र यौन दृश्यको क्रममा आफु माथि बलात्कार गरिएको खुलासा गरिन्, । इभान रेचेल वुडले भनिन्, म्युजिक भिडियो हार्ट शेप्ड ग्लासेस मा सेक्स दृश्यका क्रममा मर्लिन म्यानसनले उनलाई साँच्चै बलात्कार गरे।

हामीले नक्कली सेक्स दृश्य खिच्ने क्रममा छलफल गर्यौं । तर जब हामी क्यामेराको अगाडि पुग्यौं र क्यामेराकै अगाडी म्यानसनले मेरो संबेदनशील अंग छुन चलाउन थाले । मैले आफैलाई रोक्न सकिन । केहि भन्न पनि सकिन किनकी म एक लेभल क्रस गरिसकेको थिए । यद्यपि म यसमा कहिल्यै सहमत भने थिईन् । वुडका अनुसार उनलाई शूटिंग सेटमा नशालु पदार्थ दिइएको थियो । जब उनले सुटिङको क्रममा अभिनय गर्न थालिन्, मार्लिनले उनलाई उत्तेजनामा ल्याउन सुरु गरिहाले । जसलाई रेचेल वुडले रोक्न सकिनन् ।

उनले भनिन्,– यति धेरै अव्यावसायिकता मेरो जिवनमा कहिल्यै भएको थिएन, त्यो दिन मैले पहिलो पटक असुरक्षित महसुस गरे आफैलाई । त्यहाँ कसैले म्यानसनलाई रोक्ने प्रयास गरेन। म आफूलाई जोगाउन असमर्थ थिएँ, मलाई थाहा थिएन कि म के गरिरहेको छु।ू कसरी आफूलाई बाहिर निकाल्ने यी सबै चीजहरूको बीचमा रुमलि रहेको थिए । रेचेलले भनिन्,– आफूले इन्कार गर्न पनि सकिन् , किनभने अभिनयका क्रममा उनलाई जहिले पनि जवाफ फर्काउनु हुँदैन भन्ने सिकाइएको थियो ।

यो घटनाको समयमा सबै शुटिंग दल त्यहाँ उपस्थित थिए, र तिनीहरू सबै यो देखेर डराए। यो सबै देखेर ती मानिसहरू पनि असहज भए र के गर्ने कसैले बुझेनन्। वुडलाई त्यो दिनको घटना सम्झदा स्तब्ध हुन्छिन् । जसले उसलाई त्यो दिन धेरै घृणित बनायो, र उसलाई आफूले केही गल्ती गरेको महसुस गरिन् । २००७ मा, जब वुड १८ वर्षकी थिइन्, उनी ३८ वर्षीया मर्लिन म्यानसन उर्फ ब्रायन वार्नरसँग डेट गरिरहेकी थिइन्। दुवैको सन् २०१० मा ब्रेकअप भएको थियो ।

२०२१ मा, आफ्नो एक इन्स्टाग्राम मार्फत, उनले सार्वजनिक रूपमा सबैलाई बताईन् कि कसरी उनी आफ्नो सम्बन्धको बारेमा भ्रमित थिईन् । तर त्यतिबेला उनले म्यानसनको नाम लिईनन् । तर, वुडले अहिले मार्लिन म्यानसनमाथि खुलेर आरोप लगाएकि छिन् । गायक म्यानसनले यी आरोपहरूलाई अस्वीकार गरेका छन्, उनले वुडले लगाएका सबै आरोपहरूलाई अस्वीकार गरेका हुन् । म्यानसनले यो पनि भने कि उनीहरुबीच जे पनि भयो उनीहरु दुबैको सहमतिमा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर