आज पनि ह्वात्तै घट्यो सुनको मूल्य — OSNepal

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य

LC (KTM) January 28, 2022 0

काठमाडौ । नेपाली बजारमा साताको अन्तिम दिन सुनको मूल्य घटेको छ । बिहिबार तोलामा ९३ हजार ५०० रुपैयाँ कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तैगरी आज तेजाबी सुनको मूल्य ९२ हजार १०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । त्यस्तैगरी आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य एक हजार २९० रुपैयाँमा कारोबार भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर