सलमान खानको नयाँ गीतको टिजर सार्वजनिक , खानले भने– डान्स विथ मी — OSNepal

सलमान खानको नयाँ गीतको टिजर सार्वजनिक , खानले भने– डान्स विथ मी

LC (KTM) January 28, 2022 0

बलिउड स्टार सलमान खानले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा गीत सार्वजनिक गर्ने घोषणा गरेका छन्। यो सँगै उनले टिजर पनि सार्वजनिक गरेका छन् । उनको यो पोस्ट देखेर उनका फ्यानहरु छक्क परेका छन् । डान्स विथ मी एक इलेक्ट्रिकल डान्स नम्बर हो जसको गीत सलमान खानले गाएका छन् र यससँगै यो गीतलाई चर्चित संगीतकार जोडी साजिद(वाजिदले संगीत दिएका छन् ।

अभिनेताले पोस्ट गरेको यो टिजर निकै स्टाइलिस देखिन्छ । गीतको टिजरमा सलमान जत्तिकै स्टाइलिस देखिएका छन् । यसअघि पनि सलमानले गीत गाइसकेका छन् । सलमान डान्स विथ मी मार्फत आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिन तयार छन्। उनका फ्यानहरूले यस गीतको टिजरको तारिफ गरिरहेका छन् । सलमानप्रतिको उनको माया कमेन्ट सेक्सनमा देख्न सकिन्छ । यो गीत जनवरी द्दढ मा रिलिज हुनेछ । एक पटक फेरि सलमानले आफ्ना फ्यानहरूलाई चर्को रूपमा मनोरञ्जन दिनेछन्।

आफ्नो आगामी फिल्मको कुरा गर्दा उनी छिट्टै फिल्म ‘टाइगर ३’ मा कट्रिना कैफको अपोजिटमा देखिनेछन् । अहिलेको लागि, फिल्म स्थगित गरिएको छ। समाचार अनुसार आदित्य चोपडाले कोरोनाको बढ्दो केसलाई ध्यानमा राख्दै यो कदम उठाएका हुन् । निर्देशक मनिष शर्माको यो फिल्मको सुटिङ यही महिना दिल्लीमा सुरु हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर