भारतमा थप दुई लाख ३५ हजार कोेरोना संक्रमित थपिए ,८७१ जनाको मृत्यु — OSNepal

भारतमा थप दुई लाख ३५ हजार कोेरोना संक्रमित थपिए ,८७१ जनाको मृत्यु

LC (KTM) January 29, 2022 0

नयाँ दिल्ली‚ १५ माघ- भारतमा कोरोनाबाट थप दुई लाख ३५ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना सङ्क्रमित भएका हुन ।सोही अवधिमा अरु ८७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।

भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ । केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो । मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरूको सङ्ख्या पनि घट्दै गइरहेको छ । सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या धेरै भएकालेपनि अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या घट्दै गएको हो । भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या झण्डै एक लाख धेरै छ ।

भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४३४ जनाको कोरोना परीक्षण गरिएको थियो ।अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । (रासस / एएनआई)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर