ब्राजिलमा ह्वात्तै बढ्यो कोरोना संकमण, एकैदिन साढे दुई लाखभन्दा बढी संक्रमित फेला — OSNepal

ब्राजिलमा ह्वात्तै बढ्यो कोरोना संकमण, एकैदिन साढे दुई लाखभन्दा बढी संक्रमित फेला

LC (KTM) January 29, 2022 0

ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढीरियो दि जेनेरियो‚ १५ माघ ९रासस र सिन्ह्वा० स् ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशहरू मध्ये ब्राजिल दोस्रो क्रम सङ्ख्यामा पर्दछ । ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर