लिसंखुपाखरका किसानहरुलाई ६६ वटा हाते ट्याक्टर वितरण — OSNepal

लिसंखुपाखरका किसानहरुलाई ६६ वटा हाते ट्याक्टर वितरण

LC (KTM) January 30, 2022 0

देवराज सुवेदी

लिसंखुपाखर गाउँपालिकाले किसानहरुलाई ६६ वटा हाते (ट्याक्टर) वितरण गरेको छ । गाउँपालिका कृषि शाखाले शुक्रबार गाउँपालिकाको अध्यक्ष कमल नेपालको प्रमुख आतिथ्यतामा कार्यक्रम गरि उत्त हाते ट्याक्टर वितरण गरेको हो ।

४३ वटा ९ एचपी र २३ वटा ७.५ एचपीको गरि ६६ वटा ट्याक्टर वितरण गरिएको प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । ९ एचपीको ४४७०० र ७.५ को ३९०००मा ठेक्का मार्फत खरिद गरिएको दुलालले जानकारी दिनुभयो । ट्याक्टरमा पालिका अनुदान ७० प्रतिशत र समूह , सहकारी तथा ब्यक्तिगत रुपमा किसानहरुलाई ३०प्रतिशत सहभागिता गराईएको थियो । किसानहरुको मागको आधरमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिका अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

यसैगरी गाउँपालिकाले फलफुलको विरुवाहरु माटो परिक्षण गरेर वितरण गर्दै आईरहेको थियो छ । किसान हरुलाई विविध खाले कृषि अनुदानहरु समेत प्रदान गर्दै आएको छ । स्थानीय सरकार आएपछि किसानहरुलाई राहात मिलेको कृषक भक्तलाल श्रेष्ठ वताउनुहुन्छ ।उहाँले अब खेति गर्न सहज हुने विश्वास व्यत्त गर्नुभयो ।

ट्याक्टर वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हेमगंगा मोक्तान, प्रमुख प्रशासकिय अधिकृत पुर्ण प्रसाद दुलाल , जनप्रतिनिधिहरु र किसानहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर