माधव नेपाल समुहको केन्द्रिय बैठक बस्दै — OSNepal

माधव नेपाल समुहको केन्द्रिय बैठक बस्दै

LC (KTM) June 03, 2021 0

काठमाडौं २० जेठ । नेकपा एमालेबाट निष्काशनमा परेका माधव नेपाल समुहले पनि आज केन्द्रिय बैठक बोलाएको छ । बैठक अहिले ११ बजे भर्चुअल माध्यमबाट हुने भएको छ । पछिल्लो राजनीतिक विषयवस्तुमा छलफल गरिने बैठकमा नेपाल सहित झलनाथ खनाल र भीम रावल लगायतका नेताहरुको सहभागिता हुने बुझिएको छ ।

नयाँ दल सम्म खोल्ने संकेत देखाएका नेपालले आफ्नो माग पार्टी अध्यक्ष केपी ओली पुरा गर्नेमा विश्वास नरहेको पनि बताउँदै आएका छन् । पछिल्लो पटक विपक्षी दलका कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको विषयमा पार्टीबाट निष्काशनमा परेका नेपाल समुहको यो बैठक निकै महत्व मानिएको छ ।

आजै ओली समुहलको पनि स्थायी कमिटिको बैठक बस्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर