अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै,एकै दिन २ हजार २५९ जनाले गुमाए ज्यान — OSNepal

अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या बढ्दै,एकै दिन २ हजार २५९ जनाले गुमाए ज्यान

LC (KTM) January 30, 2022 0

लन्डन १६ माघ – संयुक्त राज्य अमेरिकामा कोभिडका कारण हुने मृत्यु बढ्दो रुपमा रहेको देखिएको छ । यसलाई अमेरिकाका अधिकारीहरुले चिन्ताजनक पनि भनेका छन् । प्राप्त पछिल्लो समाचारअनुसार यहाँ गएको सात दिनसम्म कोभिडका कारण हुने मृत्यु बढ्दै गएको छ । बुधबार मात्र यहाँ २४ घन्टामा कोभिडबाट २ हाजार भन्दा बढीको ज्यान गएको छ ।

बुधबारको पछिल्लो तथ्यांकअनुसार यहाँ एकै दिनमा कोभिडबाट २ हजार २५९ जनाको ज्यान गएको थियो । तर उता कोभिडबाट हुने संक्रमितको संख्या भने अहिले घटेको छ । पछिल्लो केही दिनयता यो संक्रमण दरमा करिब १३ प्रतिशतले कमी आएको देखिएको छ ।

यहाँ दैनिक ६ लाखभन्दा बढी नै संक्रमित पाइने गरेका छन् । अमेरिका कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा पर्दछ । अमेरिकामा विश्वमा नै कोभिडबाट सबैभन्दा बढी नागरिकको ज्यान गएको छ भने संक्रमण दर पनि धेरै रहेको पाइएको छ ।यहाँ अहिलेसम्म कोभिडबाट ९ लाख ६ हजार भन्दा बढीको ज्यान गएको छ । विश्वका अरु देशको तुलनामा यो सबैभन्दा बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर