संक्रमितलाई अन्धो बनाउने र ज्यानसमेत लिनसक्ने कालो ढुसी के हो ? मष्तिकमा समेत हुन सक्छ संक्रमण ! — OSNepal

संक्रमितलाई अन्धो बनाउने र ज्यानसमेत लिनसक्ने कालो ढुसी के हो ? मष्तिकमा समेत हुन सक्छ संक्रमण !

LC (KTM) June 03, 2021 0

काठमाडौं, जेठ २०-तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ? सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ।यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्ने खबर आजको नागरिक दैनिकले छापेको छ।

केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ । कोरोना संक्रमित या संक्रमण भइसकेको व्यक्तिमा देखिने कालो ढुसीका कारण कतिपयले आँखाको दृष्टिसमेत गुमेका चिकित्सकले औंल्याएका छन्।

फलफूल तथा तरकारी कुहेको फोहोर र प्रदूषित वातावरणमा कालो ढुसी पाइन्छ । यो ढुसी छोएको हात सफा नगरी नाक छोएमा सोही माध्यमबाट शरीरका अन्य भागमा पुग्छ । चिकित्सकका अनुसार सुरुमा नाक, त्यसपछि नाकको हड्डी छेडेर आँखाबाट ब्रेन (मष्तिक) मा समेत कालो ढुसीको संक्रमण हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर