एमाले अध्यक्ष ओलीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी — OSNepal

एमाले अध्यक्ष ओलीमाथि कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी

LC (KTM) January 30, 2022 0

काठमाडौ १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध जिल्ला प्रशासन कार्यालय भक्तपुरमा उजुरी परेको छ ।

केही दिन अगाडी कोरोना संक्रमित ओली एमालेको भातृ संगठन युवा संघद्वारा आयोजित रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।

सो विषयलाई लिएर संक्रामक रोग ऐन २०२० विपरित सहभागी भएको भन्दै ओलीको कारवाहीको माग सहित अभिजित अधिकारी र वीरेन्द्र मडैले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कारबाही पत्र पेश गरेका हुन् ।

‘कोरोना संक्रमित केपी शर्मा ओलीको उपस्थिति र उल्लेखित भाषणको बारेमा विभिन्न पत्रपत्रिका, एवम् सञ्चारमाध्यममा समेत समाचार संप्रेशण भएका छन् । उक्त समाचारहरु र तस्वीर यसै निवेदनका साथ पेश गर्दछौँ ।

‘यसरी आफू कोरोना संक्रमण फैलउने कार्य गरी संक्रामक रोग ऐन २०२० विपरित कार्य गरेकाले निज केपी शर्मा ओलीलाई कानुन बमोजिम आवस्यक कारवाही गरी पाउ ।’ उक्त उजुरी पत्रमा उल्लेख गरिएको छ ।

यस विषयमा ओलीमाथि चर्को आलोचना भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर