आलटाल नगरी सर्वसम्मतीले एमसीसी पारित गरौं : डा. बाबुराम — OSNepal

आलटाल नगरी सर्वसम्मतीले एमसीसी पारित गरौं : डा. बाबुराम

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई आलटाल नगरी एमसीसीलाई संसदबाट पारित गर्न आग्रह गरेका छन् ।

सत्तारुढ दलका नेता भट्टराई एमसीसीको पक्षमा रहेका छन् । भने सत्तारुढ प्रचण्ड र माधव नेपाल एमसीसी यथास्थितिमा पारित गर्न नहुने भन्दै आएका छन् । डा. बाबुरामले आलटाल नगरी एमसीसी पास गरौं भन्दै यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् समेत भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेता भट्टराईले सामाजिक सञ्जाल मार्फत भनेका छन्, ‘एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् ,शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्’

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, उनले आग्रह गरेका छन् ।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् , देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

बाबुराम भन्छन् , एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतीले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऔं, यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् ।’एमसीसी प्रकरण नेपालका रुढीवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् , देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर