यि महान आमा जस्ले आफ्नो कलिलो छोराको मृत्यु भएपछि २५ जना बाबु आमा नभएका अनाथ बच्चाहरुलाई घरमै ल्याएर आफ्नै छोरा छोरी बनाएर पालिन्, हेर्नुहोस् यो मार्मिक भिडियो — OSNepal

यि महान आमा जस्ले आफ्नो कलिलो छोराको मृत्यु भएपछि २५ जना बाबु आमा नभएका अनाथ बच्चाहरुलाई घरमै ल्याएर आफ्नै छोरा छोरी बनाएर पालिन्, हेर्नुहोस् यो मार्मिक भिडियो

LC (KTM) May 10, 2021 0

नेपालकै पहिलो साझा बसकी चालिका हुन्, रेबिका थापा । निकै नै सँघर्षशिल महिला रेबिकाको जीवनको कथा कुनै चलचित्रको कथा भन्दा कम छैन । श्रीमानको पिडा खेप्न नसकेर गाउँबाट आफ्नो छोरा बोकेर केहि समय अघि रेबिका काठमाडौं आएकी थिईन् ।
काठमाडौं छिरेपछि छोरालाई पढाउन र बढाउन रेबिकाले अथक मेहेनत गर्न थालिन् । त्यसैबिच उनले टेम्पु चलाउन थालिन्, घरमा सानो छोरा छोडेर रेविका काममा जान्थिन्, छोरालाई हेर्ने कोहि नहुँदा उनले छोरालाई घरमा थुनेर काम गर्न जानुपर्ने बाध्यता थियो । पछि रेबिकाको जीवनमा बिस्तारै रामे हुँदै थियो, उनले नेपालको लागि पहिलो साझा बसको चालिकाको परिचय पनि बनाईन् तर एक्कासी उनको छोराको स्वास्थ्य अवस्था बिग्रियो ।

छोरालाई अनेक प्रयाश गर्दा पनि रेबिकाले बचाउन सकिनन् । छोराको अन्त्यपछि रेविका सम्पुर्ण कामहरु छोडेर घरमै बस्न थालिन् । पछि उनको जीवनमा अर्को पुरुष आए, उनले जीवन चलाउन साथी चाहिन्छ भन्ने बुझेर बिवाह गरिन् । दोसे बिहेबाट छोरा पनि जन्मिए । त्यसपछि उनको मनमा अन्य बालबालिकाहरुको उद्धारको सोच आयो । उनले आफ्नै छोराको नाममा बिवेक स्च्छ सेवा केन्द्र खोलिन् र परिवार र आमा बुवा बिहिन बाल कालिकाहरुको भविष्य बनाउन लागि परिन् ।

हाल उनको केन्द्रमा २५ जना आमा बुवा बिहिन बालबालिकाहरुको भष्यि फुल्दै छ । काठमाडौंमा एक लाख तिरेर घरभाडा तिर्दै अघि बढिरहँदा र नानी बाबुहरुको भविष्य बनाईरहँदा रेविकालाई गाह्रो पर्दै गाये र हाल उनको आश्रम छेऊ बिवेक स्वस्च्छ सेवा केन्द्रकै भवन निर्माणका लागि महायज्ञ आयोजना हुँदैछ । भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर