गठवन्धनमा सहमति नहुँदा प्रदेश १ मा सात मन्त्रालय टुक्राएर १२ वटा पुर्‍याउने प्रदेश सरकारको निर्णय — OSNepal

गठवन्धनमा सहमति नहुँदा प्रदेश १ मा सात मन्त्रालय टुक्राएर १२ वटा पुर्‍याउने प्रदेश सरकारको निर्णय

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । प्रदेश १ सरकारले सात मन्त्रालय फुटाएर १२ वटा पुर्याउने भएको छ । गठवन्धन सरकारको नेतृत्व रहेको प्रदेश १ मा सरकार गठन भएको तिन महिना बितिसक्दा पनि प्रदेश सरकारले काम गति लिन सकेको छैन ।

गठवन्धन दल भित्र सहमति नहुँदा भएका मन्त्रालय समेत खाली रहेका छन् । सोमबार साँझ बसेको प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कार्य विभाजन नियमावली संशोधनसहित पारित गरेको छ ।

साथै मन्त्रालय टुक्र्याएर थप मन्त्रालय र मन्त्री थप्ने उक्त मन्त्रिपरिषद्को बैठकले निणर्य गरेको बताइएको छ ।

सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राउने तयारीमा प्रदेश सरकार लागि परेको छ ।

हाल सात वटा मन्त्रालय भएको प्रदेश १ मा त्यसलाई टुक्र्राएर १२ वटा बनाइने भएको बताइएको छ । प्रदेश १ मा गठवन्धन दलका नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री रहेका छन् ।

निकट स्रोतका अनुसार केही दिनभित्रै संशोधित नियमावलीमा भएको व्यवस्था अनुसार प्रदेशमा मन्त्रिपरिषद् विस्तारको तयारी गरिने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर