स्थानीय तह निर्वाचनको मिति टुंगो लगाउन एमालेले सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउने — OSNepal

स्थानीय तह निर्वाचनको मिति टुंगो लगाउन एमालेले सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउने

LC (KTM) January 31, 2022 0

काठमाडौं १७ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई स्थानीय तह निर्वाचनको मिति टुंगो लगाउन दवाव दिने भएको छ ।

सोमबार  पार्टी कार्यालय   बसेको   केन्द्रीय कार्यालयको बैठकले   स्थानीष्  तह निर्वाचनको  मिति   चाडो  भन्दा भाडो   तोक्न सरकारलाई    दवाव   दिने  निणर्य  गरेको    हो     । 

स्थानीय निर्वाचन वैशाखको महिनाभित्र गर्नुपर्छ भन्दै बैठकमा सहभागी एक नेताले बताएका छन् ।

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिन देशव्यापी अभियान चलाउनका लागि जनसंगठनलाई निर्देशन दिने समेत बैठकमा निणर्य भएको छ ।

एमाले सचिव योगेश भट्टराईले दिएको जानकारी अनुसार पार्टीका तर्फबाट सरकारको ध्यानाकर्षण गर्ने र आवश्यक परे प्रधानमन्त्रीसमक्ष ‘हाई लेभल डेलिगेसन’ जाने निर्णय भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर