पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात हुन्छ, पहाडी क्षेत्रमा यो संभव छ र गर्नु नै पर्छ : सुर्य थापा — OSNepal

पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात हुन्छ, पहाडी क्षेत्रमा यो संभव छ र गर्नु नै पर्छ : सुर्य थापा

LC (KTM) June 03, 2021 0

काठमाडौँ २० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित भएको आरोप लगाएका छन् । सल्लाहाकार थापाले ट्वीटर मार्फत इन्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्,पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिने बताएका हुन् ।

पहाडी क्षेत्रमा यो संभव छ र गर्नु नै पर्छ भन्ने थापाको भनाई रहेको छ । सरकारले बजेट भाषणमा चुरे क्षेत्रको बालुवा गिटी निर्यातद गरेर व्यापारिक घाटा कम गराउने कार्यक्रम ल्याउने बताए पछि विपक्षीदलहरुले चौतर्फी आलोचना गरेका थिए ।

उनले भनेका छन्,’चुरे क्षेत्रको संरक्षण गर्न ल्याइएको कार्यक्रमलाई चुरेको दोहन र तराईको मरूभूमिकरण हुने भनी प्रचार गर्नेहरूको रवैया नियोजित छ।न्धन भएका देशले डिजेल,पेट्रोल बेचिरहेका छन्,पानी,ढुंगा र फलाम भएका देशबाट तिनै चिज निर्यात गर्न सकिन्छ।पहाडी क्षेत्रमा यो संभव छ र गर्नु नै पर्छ’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर