प्रदेश १ मा बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय — OSNepal

प्रदेश १ मा बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय

LC (KTM) June 03, 2021 0

विराटनगर २० जेठ । प्रदेश १ मा आज बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन जेठ २४ गते आह्वान गर्ने निर्णय गरेको छ ।सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीका अनुसार जेठ २४ गते दिउँसो २ बजे बजेट अधिवेशन आह्वान गर्ने निर्णय भएको छ ।

कार्कीले अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको बताएका छन् । साथै अधिवेशन आह्वान र अन्त्य प्रदेश प्रमुखबाट हुने संवैधानिक व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर