पार्टी एकताको पक्षमा उभिएका बाबदेव गौतमले नयाँ पार्टी खोल्दै — OSNepal

पार्टी एकताको पक्षमा उभिएका बाबदेव गौतमले नयाँ पार्टी खोल्दै

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । तत्कालिन नेकपाबाट एमाले र माओवादी अलग्गिएपछि एमाले पार्टीबाट सन्यास लिएका नेता बाबदेव गौतमले अब नयाँ पार्टी खोल्ने भएका छन् ।

राष्ट्रियसभा सदस्य समेत रहेका गौमतले नयाँ दलको लागि सम्पुर्ण तयारी पुरा गरेको उनी निकट स्रोतले जनाएको छ ।

पूर्व–उपप्रधानमन्त्री समेत रहेका गौतम एमाले विभाजन भएपछि राजनीति क्षेत्रबाट नै निष्क्रिय भएका उनले यही माघ भरि नयाँ पार्टी खोल्ने भएको बुझिएको छ ।

पार्टीको नाम भने अहिले सार्वजनिक गरिएको छैन । माधव नेपाल र केपी ओली अलग्गिएपछि पनि पार्टी एकताको पक्षमा उभिएका गौतम २०७४ सालको संसदीय चुनावमा बर्दिया क्षेत्र नं १ बाट पराजित भएका हुन् ।

संसदीय चुनावमा पराजित भएकालाई राष्ट्रिय सभामा मनोनित गरिएको विषयमा समेत विवाद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर