स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने प्रधानमन्त्री देउवाको घोषणा — OSNepal

स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने प्रधानमन्त्री देउवाको घोषणा

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । चौतर्फी दवाव आएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते गर्ने घोषणा गरेका छन्।

वर्तमान पदाधिकारीको कार्यकाल सकिने एक दिन अगावै स्थानीय तहको चुनाव गर्ने देउवाले घोषणा गरेका हुन् । यही जेठ ५ गते २०७४ सालमा निर्वाचित पदाधिकारीको कार्यकाल सकिँदै छ ।

बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटार गएका कांग्रेस नेताहरुसँगको कुराकानीमा देउवाले निवार्चनको मिति घोषणा गरेका हुन् । शनिबार बसेको गठवन्धन दलको बैठकले जेठमा चुनाव गर्ने भने पनि मिति टुंगो लगाउन भने सकेको थिएन ।

कांग्रेसका एक नेताले दिएको जानकारी अनुसार देउवाले जेठ ४ गते चुनाव हुने बताएका हुन् ।

स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने गरी आउँदो जेठ ४ गते चुनाव गर्न लागिएको हो । निर्वाचन आयोगले भने वैशाख १४ र २२ गते चुनाव गर्न सरकारलाई सुझाव दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर