चुनावको विषयमा छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई देउवाले बोलाए बालुवाटार — OSNepal

चुनावको विषयमा छलफल गर्न निर्वाचन आयोगका पदाधिकारीलाई देउवाले बोलाए बालुवाटार

LC (KTM) February 01, 2022 0

काठमाडौं १८ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् ।

छलफल मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हुने भएको छ । जेठ ४ गते स्थानीय तह निर्वाचनको चुनाव हुने बताइसकेका देउवाले यस विषयमा छलफल गर्न आयोगका पदाधिकारीहरुलाई बालुवाटार बोलाएका हुन् ।

वर्तमान स्थानीय जनप्रतिनिधिको कार्यकाल यही जेठ ५ गते सकिने भएको छ । देउवाले बालुवाटारमा भएको कांग्रेस नेताहरुसँगको भेटमा जेठ ४ गते चुनाव गर्ने बताएका थिए ।

यता प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनको मिति तत्काल रोक्न भन्दै दवाव दिइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर