कोरोनाका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको ग्राण्डी अस्पतालमा निधन — OSNepal

कोरोनाका कारण जनरल फिजिसियन डा. पशुपति रजौरियाको ग्राण्डी अस्पतालमा निधन

LC (KTM) June 03, 2021 0

काठमाडौं-कोरोना संक्रमणबाट जनरल फिजिसियन डा। पशुपति रजौरियाको निधन भएको छ ।भैरहवामा सञ्चालित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा कार्यरत रजौरियाको ३५ वर्षकै उमेरमा निधन भएको हो । डा. रजौरियाको कोरोना रिपोर्ट नेगेटिभ आए पनि ९पोष्ट कोभिडका कारण० बुधबार राति मृत्यु भएको बताइएको छ ।

डा. रजौरियालाई कोरोना संक्रमण पुष्टि भएपछि भैरहवा मेडिकल कलेजमै उपचार गरिएको र कोरोना रिपोर्ट नेगेटिभ आए पनि अरू स्वास्थ्य समस्या देखिएपछि काठमाडौं ल्याइएको थियो । उनको काठमाडौको ग्राण्डी अस्पतालमा उनको उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो ।

यसअघि देवदह मेडिकल कलेजमा कार्यरत ३५ वर्षिय डा।. रजौरियाले गत चैत महिनादेखि मात्रै भैरहवा मेडिकल कलेजमा काम शुरू गरेका थिए ।डा। रजौरियाको निधनले महामारीको समयमा मेडिकल कलेजलाई मात्र नभई मुलुकलाई नै ठूलो क्षती भएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर