कैलालीमा एकैदिन थप नौ जना कोरोना सङ्क्रमितको मृ त्यु — OSNepal

कैलालीमा एकैदिन थप नौ जना कोरोना सङ्क्रमितको मृ त्यु

LC (KTM) May 10, 2021 0

धनगढी,२७ वैशाख- कैलालीमा थप नौ जना कोरोना सङ्क्रमितको मृ त्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई र होम आइसोलेशनमा रहेका एक जनाको मृ त्यु भएको होे । सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्युभएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि मृ त्यु भएको उहाले जानकारी दिनुभयो ।

टीकापुर अस्पतालमा दुई सङक्रमितको मृ त्युभएका मध्ये टीकापुर नगरपालिका–७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर