नेपालमा करिब पाँच लाख जनाले लगाए बुस्टर डोज — OSNepal

नेपालमा करिब पाँच लाख जनाले लगाए बुस्टर डोज

LC (KTM) February 02, 2022 0

काठमाडौं, १९ माघ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोनाभाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ ।कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् ।

उनका अनुसार हालसम्म एक करोड ७१ लाख ४४ हजार ८६७ जनाले पहिलो डोज र एक करोड ४८ लाख २८ हजार ९५३ जनाले दुवै डोज अर्थात पूर्ण मात्राको खोप लगाइसकेका छन् ।नेपालमा चार करोड ५७ लाख आठ हजार ६४० डोज खोप ल्याइएको उनले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर