कार्यदलको प्रतिबेदन नआई बाहिरी दबाब आयो भनेर एमसीसी पास गराउन खोज्नु देशकै लागि दुर्भाग्य पुर्ण हुनेछ – डा. भिम रावल — OSNepal

कार्यदलको प्रतिबेदन नआई बाहिरी दबाब आयो भनेर एमसीसी पास गराउन खोज्नु देशकै लागि दुर्भाग्य पुर्ण हुनेछ – डा. भिम रावल

LC (KTM) February 03, 2022 0

अमेरीकाले नेपाल संग गर्न लागेको एमसीसी संझौता घातक रहेकोले त्यसलाई परिमार्जन नगरि संसद बाट पास गर्न नहुने नेकपा एमालेका प्रभावशाली नेता डा. भिम रावलले पुनः स्मरण गराउनु भएको छ । आफुले सुरु देखी नै एमसीसी संझौताको दफा दफा अध्ययन गरेको बताउँदै देशको स्वाधिनतामा आँच आउने धेरै बुँदाहरु रहेकोले त्यसलाई नसच्याई पास गरे राष्ट्रका लागि घात हुने दाबी गरे ।

ओएस नेपाल संगको कुराकानीका क्रममा उहाले संझौता जस्ताको त्यस्तै पास भए हाम्रो भुमी बिदेशीकरणमा जाने , बौद्धिक सम्पत्तिमा आफ्नो अधिकार नहुने जस्ता थुप्रै राष्ट्रहित बिपरीत काम हुने दाबी गर्नुभयो । उहाले भन्नुभयो– मैले सपथ खादा देशको हितमा काम गर्ने कसम खाएको छु । त्यसैले मैले यसको सुुरु देखी नै बिरोध गरेको हो ।

देशको स्वभिमानको रक्षाका लागि एमसीसी पास हुनु हुदैन । त्यस्तै उहाले एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेर बहादुर देउवा बीच एमसीसी पास गर्ने गोप्य सहमती भएको हो भन्ने जिज्ञासामा देउवा जनादेश ल्याएर प्रधानमन्त्री नभएकोले एमसीसी पास गर्ने अधिकार नै नभएको जिकिर गर्नुभयो । साथै उहाले एमसीसी पास गरे संसद चल्न दिने भन्ने कुरा ओलीको तर्फ बाट आएको हो भने त्यो राष्ट्रघाती कुरा हो भन्नुभयो ।

साथै उहाले त्यहा सम्म गिरेर ओलीले देउवा संग कुरा गरेको भन्ने कुरा आफुलाई नरहेको समेत बताउनुभयो । हाल सत्तागठबन्धन बाट कार्यदलको प्रतिबेदन तयार नभई देउवाले बाहिरको दबाब आयो पास गर्नुपर्छ भन्नु चाँहि लज्जास्पद कुरा रहेको बताउनुभयो ।

center>

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर