वार्ता समयअनुसार जहिले पनि हुन्छ, अहिले पार्टी पुनर्गठन गर्न ढिलो नगरौँ : खनाल — OSNepal

वार्ता समयअनुसार जहिले पनि हुन्छ, अहिले पार्टी पुनर्गठन गर्न ढिलो नगरौँ : खनाल

LC (KTM) June 03, 2021 0

काठमाडौं २० जेठ । नेकपा एमालेबाट निष्काशनमा परेका वरिष्ठ नेता झलनाथ खनालले पार्टी पुर्नगठन गर्न अब डिला गर्न नहुने बताएका छन् । आज बिहिबार नेपाल सुमहले बोलाएको केन्द्रिय कमिटिको बैठकमा भर्चुअल माध्यमबाट सहभागी भएका खनालले पार्टीका अध्यक्ष केपी ओलीले सहमतिको नाममा नाटक गरिरहेकाले ढिलो नगरी पार्टी पुर्नगठन गर्नुपर्ने बताएका हुन् ।

पार्टीले माधव नेपाल सहित ११ जना नेतालाई पार्टीबाट निष्काशन गरेपछि नेपाल समुहका यो पहिलो केन्द्रिय कमिटिको बैठक हो । बैठकमा खनालले वार्ताको पखाईमा बसेर केहि हुँदैन वार्ता समयअनुसार जहिले पनि हुन्छ, अहिले पुनर्गठन गरेर जानुपर्छ भनेका छन् ।

प्रधानमन्त्री समेत रहेका ओलीको प्रतिगमनविरुद्ध संयुक्त वामपन्थी र लोकतान्त्रिक शक्ति एकजुट भएर जानुपर्ने नेता खनालको तर्क रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर