नेता भट्टराईको संयोजनमा काठमाडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध — OSNepal

नेता भट्टराईको संयोजनमा काठमाडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध

LC (KTM) June 03, 2021 0

फुङ्लिङ, २० जेठ – नेकपा (एमाले)का नेता योगेश भट्टराईको संयोजनमा काठमडौँमा सङ्कलन गरी पठाइएको स्वास्थ्य सामग्री ताप्लेजुङ अस्पताललाई उपलब्ध भएको छ । तीन दिन अगाडि काठमाडौँमा सङ्कलन गरेर पठाइएको स्वास्थ्य समग्री आज अस्पताललाई उपलब्ध गरिएको हो ।

कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री काठमाडौँबाट गृहजिल्ला ताप्लेजुङमा नेता भट्टराईले पठाउनुभएको हो । सामग्रीमा अक्सिजन सिलिण्डर ४० लिटरका १० थान, पिपिई ३० थान, पल्स अक्सोमिटर तीन थान र २०० थान एन्टिजेन किट रहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयमा एमालेका जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङले बुझाउनुभएको हो ।

उच्च गुणस्तरका ३० थान पिपिईमध्ये क्यानडामा रहेका ताप्लेजुङवासी घनश्याम भट्टराई र दिलप्रसाद याक्सोबाट २५ थान तथा उत्पादक व्यवसायी इरशाद अलीबाट पाँच थान उपलब्ध गराइएको हो । स्वास्थ्य सामग्री ढुवानीका लागि दुई गाडी नेता भट्टराईले नै व्यवस्था गरेर झापासम्म र झापाबाट ताप्लेजुङसम्म ढुवानी सेवाले सौजन्यमा ढुवानी गरेको प्रदेशसभा सदस्य साम्सोहाङले बताउनुभयो ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर