प्रदेश सरकार गठन भएको तीन महिना पछि कर्णाली प्रदेश सरकारले आइतबार पुर्णता पाउँदै — OSNepal

प्रदेश सरकार गठन भएको तीन महिना पछि कर्णाली प्रदेश सरकारले आइतबार पुर्णता पाउँदै

LC (KTM) February 04, 2022 0

सुर्खेत २१ माघ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आइतबार सम्म प्रदेश सरकारले पुर्णता पाउने भएको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएको तीन महिनासम्ममा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै उनको आलोचना भइरहेको समय मुख्यमन्त्री शाहीले आइतबार सरकारले पुर्णता पाउने बताएका हुन् ।

उनले शुक्रबार सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराएका हुन् । ‘बारम्बार बारम्बार मलाई सोधिरहने प्रश्नको जवाफ आइतबारसम्म पाउनुहुनेछ महोदयहरु’ उनले भनेका छन् ।

सत्ता गठवन्धनको समर्थनमा बनेको सरकारले आठ मन्त्रालय रहेको कर्णालीमा सहमति नहुँदा विगत तिन महिना देखि सरकारले पुर्णता पाउन सकेको छैन ।

कर्णालीमा नेकपा माओवादीले चार मन्त्रालय, समाजवादीले तीन मन्त्रालय र काँग्रेसले मुख्यमन्त्रीसहित तीन मन्त्रालयमा दाबी नछोडेपछि भागबण्डामा सकस भएको हो । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर